close

लुम्बिनी प्रदेशको आव २०७९/०८० को बजेट पारित

लुम्बिनी प्रदेशको आव २०७९/०८० को बजेट पारित

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका जनताको समृद्धिका लागि आगामी वर्षको बजेट लिएको बताउँदै बजेट सबैको साझा सवाल भएको बताएका छन् । 

लुम्बिनी प्रदेश सभालाई जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

जवाफ दिने क्रममा उनले लुम्बिनी प्रदेशका जनतालाई समृद्धिका लागि योजना निर्माण गरिएको बताउँदै उनले  सहयोगका लागि अपिल गरे । उनले लुम्बिनी प्रदेश सरकारले लिएको बजेट सरकारको नीति नभएको बताउँदै सरकारले लिएको बजेट आमलुम्बिनीबासीको भएको बताए । 

प्रदेश सरकारको आफ्नो नीति तथा कार्यक्रम विचार दृष्टिकोणअनुसार बजेट सबैको साझा भएको बताउँदै त्यसका लागि सबै माननीयले आफ्नो दायित्व सम्झेर पारितका लागि उनले अनुरोध गरे । 

उनले लुम्बिनी प्रदेश सरकारले लिएका कार्यक्रमले आमलुम्बिनीबासीको मागलाई सम्बोधन गरेकाले त्यसलाई कार्यान्वयनमा लागेर सम्पन्न गर्नुपर्ने बताए । 

यस्तै, अर्थमन्त्री कृष्णध्वज खड्काले जनताको जीवनस्तर परिवर्तन गर्नका लागि बजेटले संम्बोधन गरेको बताए । 

असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ आज प्रदेश सभाबाट पारित भएको छ । 

आर्थिक वर्ष २०७९÷२०८० को लागि रु. ४२ अर्ब ६३ करोड ७ लाख, कुल विनियोजनमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, ससर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब  ८३ करोड लाख,  कुल बजेटमा वित्तीय हस्तान्तरणका अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ ।

यस्तै, आजप्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक  र सञ्चार विधेयकसमेत पारित भएको छ । सो कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन् । 

यसैगरी खेलकद ऐन २०७६ सम्वोधनसहित पारित भएको छ ।