close

आज रातिदेखि चालु आर्थिक वर्षको भुक्तानी र निकासा बन्द हुने

आज रातिदेखि चालु आर्थिक वर्षको भुक्तानी र निकासा बन्द हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को भुक्तानी तथा  निकासा शनिबार रातिदेखि रोकिने भएको छ।

चालु आर्थिक वर्षको वार्षिक खाताबन्दीका क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणाली राति १२ बजेदेखि बन्द हुने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

शनिबार सार्वजनिक विदा भए पनि भुक्तानीको व्यवस्था मिलाउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय,प्रदेश लेखा इकाइ र स्थानीय तहलाई कार्यालयले  निर्देशन दिएको छ ।