close

पहिलो पटक चोभार सुख्खा बन्दरगाहबाट वस्तु निकासी

पहिलो पटक चोभार सुख्खा बन्दरगाहबाट वस्तु निकासी

Trulli
ADVERTISEMENT

काठमाडौँ । चोभार सुख्खा बन्दरगाहबाट पहिलो पटक नेपाली वस्तु विदेश निकासी भएको छ । मंगलबार बन्दरगाहबाट एक ट्रक ऊन फेल्ट डेनमार्क निकासी गरिएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

गत चैत २२ गते बन्दरगाह सञ्चालनमा आएयता त्यहाँबाट पहिलो पटक नेपाली वस्तु निकासी भएको बन्दरगाह भन्सार कार्यालयले जानकारी दिएको हो ।

‘आज डेनमार्कका लागि एक कन्टेनर ऊन फेल्ट निकासीको तयारी पूरा भएको छ,’ भन्सार कार्यालयले जनाएको छ, ‘आजको निकासी यो बन्दरगाहबाट पहिलो निकासी हो ।’

हालसम्म बन्दरगाह सञ्चालनमा आएपछि १५ वटा कन्टेनरमा ७ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको समेत सो कार्यालयले जनाएको छ ।