close

मायादेवी गाउँपालिकाको बजेट साढे ८० करोड

मायादेवी गाउँपालिकाको बजेट साढे ८० करोड

Trulli
ADVERTISEMENT

रुपन्देही । मायादेवी गाउँपालिकाले आर्थिक वर्षको अन्तिम दिन असार ३२ गते बसेको गाउँसभाले बजेट सार्वजानिक गरेको छ । 

मायादेवी गाउँपालिकाले आर्थिक वर्ष ०७९/८०का लागि कुल बजेट ८० करोड ४९ लाख ४ २हजार बजेट बिनियोजन गरेको हो । 

विनियोजित बजेटमध्ये चालुतर्फ ४७ करोड ३० लाख ३७ हजार, पुँजीगततर्फ ३३ करोड १९ लाख ५ हजार बजेट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताए ।