close

मोवाइल बिलासिताको वस्तु होइन, अत्यावश्यक हो : अध्यक्ष भट्टराई (भिडियो सहित)

माग समयमै सम्बोधन गर्न सरकारसँग आग्रह, ‘नत्र आन्दोलन’

मोवाइल बिलासिताको वस्तु होइन, अत्यावश्यक हो : अध्यक्ष भट्टराई (भिडियो सहित)

माग समयमै सम्बोधन गर्न सरकारसँग आग्रह, ‘नत्र आन्दोलन’

ADVERTISEMENT

मोवाइल व्यवसायीहरुको समस्याप्रति सरकार उदासिन रहेको भन्दै नेपाल मोवाइल व्यवसायी महासंघले रोष प्रकट गरेको छ । महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित चियापान तथा अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांश मोवाइल व्यवसायीहरुले सरकारको गलत नीति र व्यवहारका कारण आफुहरु अप्ठेरोमा परेको गुनासो गरेका हुन् । 

नेपाल मोवाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले बद्लिंदो परिवेशमा मोवाइल अत्यावश्यक वस्तु भएको विषय सरकारले किन नबुझेको ? भनेर प्रश्न गर्दै विलासिताको वस्तुभित्र मोवाइललाई नराखिदिन आग्रह समेत गरे । 

‘आज मोवाइल विना शिक्षा, स्वास्थ्य, दैनिक किनमेलसँगै बैंकिङ कारोवार असम्भव प्रायः बनिसकेको छ, एकातिर डिजिटल सरकारको कुरा गर्ने अनि अर्काेतिर मोवाइलमाथी कडाइ गर्ने दोहोरो चरित्रले हामी मारमा परेका छौं’ अध्यक्ष भट्टराईले भने, ‘सहज निकासका लागि सरकारसँग विनम्रतापूर्वक आग्रह गर्दछौं, देशव्यापी आन्दोलनको अवस्थामा नपुर्याईयोस ।’

सरकारले ३ सय डलर भन्दा माथिको फोन आयातमा कडाई गरेपछि मोवाइल व्यवसायीहरु आक्रोशित बनेका हुन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाईं (शोबित)ले सरकारको ध्यानाकर्षण गराउन पनि अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । 

वरिष्ठ उपाध्यक्ष प्रसाईले भने, ‘सरकारलाई मोवाइल व्यवसायीका समस्याबारे तत्कालै ज्ञापनपत्र बुझाउनेछौं, यदि सम्बोधन भएन भने आन्दोलनमा उत्रिनुको विकल्प छैन ।’

महासंघका महासचिव रमेश कुमार घिमिरेले ग्रे अर्थात् भन्सार प्रक्रिया भन्दा बाहिरबाट भित्रिएका मोवाइल फोनमाथी प्रतिवन्ध लगाउन सरकार आनाकानी गरेको बारे आफुहरुले  बुझ्न नसकेको बताए । 

कार्यक्रममा महासंघका उपाध्यक्ष अर्जुन चालिसे, सचिव डिल्ली बहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सहकोषाध्यक्ष श्याम सुन्दर नगरकोटी, वरिष्ठ सदस्य दिपक बाबु बोगटी लगायतले व्यवसायीका समस्यामा पहल गरिदिन सरोकारवालाहरुलाई आग्रह गरे । उनीहरुले बजारमा मोवाइलको डिमाण्ड घट्नुका पछाडीको कारण सरकारको गलत नीति भएको भन्दै व्यवसाय बचाउन हदैसम्मको आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने संकेत समेत गरे ।  

कार्यक्रममा मोवाइल व्यवसायी र सम्बन्धित सरोकारवालाहरुको बाक्लो उपस्थिती रहेको थियो । देशभर २२ हजार भन्दा बढी मोवाइल व्यवसायी छन् भने महासंघको ७ वटै प्रदेश र जिल्ला तहसम्मको संरचना रहेको छ । 

कार्यक्रमका केही तश्विरहरु: