close

गरिमा विकास बैंकको एपको नाम अब ‘डिजी बटुवा’

गरिमा विकास बैंकको एपको नाम अब ‘डिजी बटुवा’

Trulli
ADVERTISEMENT

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो मोबाइल बैङ्किङ एपको नाम नाम परिवर्तन गरेको छ । बैंकले ‘गरिमा स्मार्ट’बाट नाम परिवर्तन गरी ‘डिज बटुवा’ राखेको छ । 

‘डिज बटुवा’अन्तर्गत बैङ्कका ग्राहकले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजर नेम र पासवर्ड प्रयोग गर्न सक्नेछन् । 

जसबाट सजिलै पैसा ट्रान्सफर, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, ट्राफिक चिटलगायत भुक्तानी गर्न मिल्ने बैंकले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । 

मोबाइल टप–अप, बैंक इस्टेटमेन्ट, चेक इस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट इत्यादिको सजिलै प्रयोग गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । 

‘बैंकको मोबाइल बैङ्किङ ‘डिज बटुवा’ अझ बढी सुरक्षित एवं ग्राहकमैत्री भएको छ । यस विकास बैङ्कका ग्राहकले सजिलै प्ले स्टोर तथा एप स्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सकिनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ । 

गरिमा विकास बैङ्कले देशभरका १२० शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर तथा ५१ एटिएमबाट सरल र सुलभ एवं गुणस्तरीय बैङ्किङ सेवा दिँदै आएको छ ।