close

सोरु पालिकाले ज्यामीको ज्याला सिधै बैंकमा जम्मा गरिदिने

सोरु पालिकाले ज्यामीको ज्याला सिधै बैंकमा जम्मा गरिदिने

Trulli
ADVERTISEMENT

काठमाडौं । मुगुको सोरु गाउँपालिकाले ज्यामीको खातामा सिधै पैसा पठाउने व्यवस्था गरेको छ । 

गाउँपालिकाभित्र उपभोक्तामार्फत् गरिएका काममा सहभागी कामदारको पैसा बैंक खातामा उपलब्ध गराउने व्यवस्था नीति तथा कार्यक्रममै गरेको गाउँपालिकाका अध्यक्ष धर्मबाहादुर शाहीले जानकारी दिए । 

यस्तै, पालिकाको नीति तथा कार्यक्रममा सुत्केरी आमालाई पोषण कार्यक्रम पनि नीति तथा कार्यक्रममा व्यवस्था गरेको उनले बताए । 

उनले भने, ‘हामीले यस पालिकाको नीति तथा कार्यक्रममा गरीब तथा विपन्न, दलितलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । गाउँपालिकाभित्र एक हवाई मैदान निर्माण कार्य सम्पन्न गर्ने कुरा पनि व्यवस्था गरेका छौैँ ।’

यस्तै, उनले जनतासँग मेयर कार्यक्रम सञ्चालन हुने बताएका छन् । 

 यसै वर्षबाट गाउँपालिकाले एफएम सञ्चालनका लागि ३५ लाख छुट्याइएको उनले जानकारी दिए ।

गाउँपालिकाबाट एफएम सञ्चालन भएपछि गाउँपालिकामा भएका गतिविधि हरेक दिन, हरेक हप्ता जनतालाई जानकारी दिने उनले बताए । 

पालिकाको मुख्य आम्दानी जडीबुटी भएको बताउँदै यसैलाई व्यवस्थित गर्दै लैजाने बताउँदै भने, ‘पालिकाको मुख्य आम्दानी जडिबुटी हो । तर, त्यसलाई पनि व्यवस्थित भएको  छैन । हामी त्यसलाई व्यवस्थित गर्छौँ ।’

खेतीपाती र पशुपालन फस्टाउन नसकेको बताउँदै उनले सामूहिक खेतीपाती र पशुपालनलाई प्रोत्साहन दिने बताए ।