close

गरिमा बैंक,नारायणी अस्पताल र सिराईबीच त्रिपक्षीय सम्झौता

गरिमा बैंक,नारायणी अस्पताल र सिराईबीच त्रिपक्षीय सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं । गरिमा विकास बैंक, चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र नारायणी सामुदायिक अस्पताल’बीच एक÷आपसमा विभिन्न सेवा सुविधा छुटसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । 

सम्झौताअनुसार गरिमा विकास बैंक डेबिट कार्ड र गरिमा डिजी बटुवा प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकबीच ‘सिराई होटल’बाट रुम तथा ब्रेक फास्टमा २५ प्रतिशतसम्म र फुड एन्ड वेभरेजमा दश प्रतिशत छुट पाउन सक्नुहुनेछ । 

साथै, ‘एनपिआइ नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आकर्षक दश प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।