close

जसपाले पर्सालाई ‘सुख्खा क्षेत्र घोषणा’का लागि दबाब दिने

जसपाले पर्सालाई ‘सुख्खा क्षेत्र घोषणा’का लागि दबाब दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी पर्सा जिल्ला समितिले जिल्लालाई ‘सुख्खा क्षेत्र घोषणा’का लागि दबाब दिने भएको छ । 

धेरै क्षेत्रफलमा रोपाइँ हुन नसकेको र रोपाइँ भएको खेतमा पनि पानी र मलखाद नभएकाले किसान मर्कामा परेका कारण सुख्खाग्रस्त क्षेत्र घोषणाका लागि दबाब दिन लागिएको जसपा नेपाल पर्सा कार्यालयले जनाएको छ । 

यसअघि साउन ७ गते बसेको जसपा नेपाल प्रदेश कार्यकारिणी समितिको बैठकले मधेस प्रदेशलाई नै सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने निर्णय गरेको छ ।