close

वीरगन्ज नाकाबाट हुने  निर्यात ५० प्रतिशतले वृद्धि

वीरगन्ज नाकाबाट हुने  निर्यात ५० प्रतिशतले वृद्धि

Trulli
ADVERTISEMENT

पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/८९ मा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा ५० प्रतिशत वृद्धि भएको हो ।अघिल्लो आर्थिक वर्षमा ५३ अर्ब ६८ करोड २८ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा गत २६ अर्ब ८१ करोड पाँच लाखभन्दा बढी अर्थात् ८० अर्ब ४९करोड ३३ लाखभन्दा बढीको सामान निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ४९.९४ प्रतिशत बढी हो ।

उक्त नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत बस्तु रहेको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । 

भारत तथा तेस्रोमुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सरकारले दिएको अनुदानको दायरालाई अझै फराकिएलो बनाए निर्यात प्रवर्द्धनमा मद्दत पुग्ने उद्योगपति व्यवासायीको भनाइ थियो ।