close

बढ्यो, काठमाडौं–काभ्रे बसभाडा

बढ्यो, काठमाडौं–काभ्रे बसभाडा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंबाट काभ्रे जाने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडा वद्धि भएको छ । काभ्रे पुण्यवती यातायात प्रालिले एक सूचना सार्वजनिक गर्दै भाडा वृद्धि भएको जानकारी दिएको हो । 

सूचनाका अनुसार काठमाडौंबाट अरनिको राजमार्ग हुँदै साँगा, बनेपा हुँदै पनौती जाने सार्वजनिक सवारीमा भाडादर वृद्धि भएको हो । 

श्रावण  २ गते गते बसेको बागमति प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयको बैठकअनुसार यात्रुवाहक सवारी साधनतर्फ ८ दशमलव ३९ प्रतिशतले भाडादर वृद्धि भएको छ । 

सोभन्दा बढी भाडा लिएको पाइएमा नेपाल सरकारबाट कारबागरिने प्रालिले जनाएको छ ।