close

झिनो अंकले घट्यो, नेप्से परिसूचक

झिनो अंकले घट्यो, नेप्से परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७६ अङ्कले ओरालो लागेर दुई हजार १९३.४८ मा ओर्लेको हो ।

कुल २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर तीन अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०६ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य भने गिरावट भएको छ ।

व्यापार ४३.४२, जलविद्युत् २८.२९, वित्त २४.२८, उत्पादन ०.९२, लघुवित्त ४१.६६ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेका छन् । यस्तै, बैंकिङ ६.२६, होटल तथा पर्यटन २८.३२, विकास बैंक २२.३५, निर्जीवन बीमा ७.६६, अन्य १७.३१, जीवन बीमा ६२.६३ र लगानी ०.४४ अङ्कले ओरालो लागे ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्त ४.२४, गुडविल फाइनान्सको ऋणपत्र ३.९५, किसान लघुवित्त ३.९०, गणपति लघुवित्त ३.६४ र सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ३.३८ प्रतिशतले गुमाएका छन् ।