close

इन्धनको मूल्य घट्दैन : निगम ​​​​​​

इन्धनको मूल्य घट्दैन : निगम ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले इन्धनमा अझै  घाटा रहेको बताउँदै इन्धनको मूल्य नघटने बताएको छ ।

आइओसीबाट मूल्य घटेर  मूल्यसूची प्राप्त भएको, तर नेपालमा इन्धनको मूल्य नघटेको भनी आलोचना भएपछि आयल निगमले बुधबार यस्तो बताएको हो । 

इन्धनमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था भएको निगमको भनाइ छ । 

‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।