close

शुक्रबार सुनको मूल्य ७०० रुपैयाँ बढ्यो

शुक्रबार सुनको मूल्य ७०० रुपैयाँ बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँ बढेर प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ छ । यस्तै,चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार २२० रुपैयाँ कायम भएको हो ।