close

१०.२७ अंकले बढ्यो  नेप्से परिसूचक

१०.२७ अंकले बढ्यो  नेप्से परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अंकले बढेको छ । आइतबार सुरुवाती चरणमा कारोबार घटे पनि बजार बढेर बन्द भएको छ । 

सेयरबजार ०.४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ । आइतबार ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ । 

नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४.५५ अंकको गिरावट आएको छ ।

आज होटल र टुरिजम समूहमा ६० अंकको वृद्धि आएको छ । यस्तै, विकास बैंक समूह ५२ अंकले बढ्दा व्यापार समूह ३८ अंकले बढेको छ । यसैगरी, वित्त समूह ३३ अंकले बढ्दा जलविद्युत २६ अंकले बढेको छ भने लघुवित्त समूहमा २७ अंक बढेको छ । यस्तै, अन्य समूह २२ अंक बढेको छ ।