close

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ बढेको हो । 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो । 
    
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ ले बढेर एक हजार २५० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।