close

सुनवलका स्थानीयलाई १० प्रतिशत कर छुट

सुनवलका स्थानीयलाई १० प्रतिशत कर छुट

Trulli
ADVERTISEMENT

नवलपरासी । सुनवल नगरपालिकाले असोज मसान्तभित्र व्यवसाय कर तथा सम्पत्ति कर दाखिला गर्नेलाई छुट दिने भएको छ । 

नगरपालिकाको राजश्व शाखाले आज एक सूचना जारी गर्दै छुट दिने जनाएको हो । राजश्व प्रमुख चक्रपाणि भण्डारीका अनुसार आर्थिक ऐन २०७९ बमोजिम लाग्ने कर असोज मसान्तभित्र दाखिला गर्नेलाई १० प्रतिशत छुट दिन लागिएको हो ।

समयमा आफ्नो व्यवसाय तथा सम्पत्ति कर तिराई जिम्मेवार बनाउन यस्तो छुठ योजना ल्याइएको सुनवल नगरपालिकाले जनाएको छ ।