close

अब सेयर भर्दा ५ रुपैयाँमात्र लाग्ने

अब सेयर भर्दा ५ रुपैयाँमात्र लाग्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सी-आस्बा शुल्क घटाउने निर्णय गरेको छ । आइतबार बसेको बोर्डको सञ्चालक समिति बैठकले सी-आस्बा शुल्क बढीमा ५ रूपैयाँ तोक्ने निर्णय गरेको हो । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताले सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु नपर्ने बताएका हुन् । उनले भने, ‘हिजो बसेको बोर्डको बैठकले सीआस्वा शुल्क घटाएको छ, लगानीकर्ताले ५ रुपैयाँ मात्रै शुल्क तिर्नुपर्ने छ, सोभन्दा बढी शुल्क लिन पाइँदैन,’

अहिले बैंक तथा वित्तीय संस्थाहरूले सी-आस्बा शुल्कबापत १० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् । सी-आस्बा शुल्कका कारण लगानीकर्ता मारमा परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बोर्डका अध्यक्ष हमालले बताए । 

नयाँ व्यवस्था लागू भएसँगै ५ रुपैयाँमध्ये एक रुपैयाँ सेयर निष्काशनकर्ता अर्थात मर्चेन्ट बैंकर्सलाई, एक रुपैयाँ सिडिएस एण्ड क्लियरिङ्लाई र बाँकी रहेको तीन रुपैयाँ बैंकलाई छुट्याइने छ ।