close

तोलामा ३०० बढ्यो सुनको मूल्य

तोलामा ३०० बढ्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९५ हजार ३०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजारमा कारोबार भएको थियो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले बढेर एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।