close

काठमाडौैं महानगरको फनपार्कलाई निर्देशन : २४ घन्टाभित्र बाँकी कर चुक्ता गर्नू

काठमाडौैं महानगरको फनपार्कलाई निर्देशन : २४ घन्टाभित्र बाँकी कर चुक्ता गर्नू

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनीमार्गमा अवस्थित काठमाडौं फनपार्क प्रालिलाई २४ घन्टाभित्र कर तिर्न निर्देशन दिएको छ । 

बुधबार महानगर राजस्व विभागले पत्राचार गरी फनपार्कलाई २४ घण्टाभित्र तिर्न बाँकी कर चुक्ता गर्न निर्देशन दिएको हो । 

महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’

समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।