close

मुलकको अर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

मुलकको अर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

Trulli
ADVERTISEMENT

काठमाडौं । मुलकको अर्थतन्त्र सहज बन्दै गइरहेको  नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए । अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै बस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाइ थियो । 

केही बस्तुहरूको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रुपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिदै आएको बताए । उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनिकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो समेत औंल्याए ।