close

खुम्चिँदै सेयर कारोबार, आज ९१ करोडको मात्र कारोबार

खुम्चिँदै सेयर कारोबार, आज ९१ करोडको मात्र कारोबार

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजार आज सामान्य घटेको छ । सोमबार सेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको हो । आइतबार १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ को विन्दुमा झरेको छ । 

आज २२४ वटा कम्पनीको २४ लाख ४४ हजार कित्ता सयर ९० करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको नौ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आझ रुरु जलविद्युतको सेयर साढे ६ प्रतिशतले घटेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने साढे सात प्रतिशतले बढेको छ ।