close

सेयरबजार आज पनि राताम्मे

सेयरबजार आज पनि राताम्मे

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयरबजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार नेप्से सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको हो । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । 

सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्रतिशतले, इन्भेस्टमेन्ट समूहको उपसूचक ३.१९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.६४ प्रतिशतले घटेको छ । 

यस्तै, माइक्रो फाइनान्स समूहको उपसूचक २.४७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०६ प्रतिशतले घटेको छ । समग्रमा २.०७ प्रतिशतले घटेको बजारमा आज कुल १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर कारोबार भएको छ ।