close

हरेक छोरीको नाममा पालिकाद्वारा अक्षय कोष

हरेक छोरीको नाममा पालिकाद्वारा अक्षय कोष

Trulli
ADVERTISEMENT

नवलपरासी । सुस्ता गाउँपालिकाले सबै छोरीको नाउँमा अक्षय कोष स्थापना गर्ने भएको छ । पालिकाले साउन महिनायता जन्मेका हरेक छोरीको नाममा बैंक खाता सञ्चालन गरी अक्षय कोष स्थापना गर्ने पालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायका अनुसार साउनपछि जन्मेको छोरीले सो सेवा पाउने छ । सो सेवाको लागि पालिका वा वडा कार्यालयमा गएर छोरीको नाममा जन्मदर्ता बनाउनु पर्नेछ । 

जन्मदर्ता गरेपछि छोरीको नाममा पालिकाले २५ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गर्ने उनले बताए । उक्त रकम २० वर्ष पूरा भइसकेपछि पढाइ, व्यवसाय तथा बिहेवारी खर्चको लागि पनि प्रयोग गर्न सकिने उनले बताए । 

तराईको पालिका भएकाले दाईजो प्रथा हुने भएकोले सो रकमले छोरीको विहे गर्न सहज हुने पालिकाको विश्वास छ ।