close

बर्दघाटमा कर सहभागिता अभियान सुरु

बर्दघाटमा कर सहभागिता अभियान सुरु

Trulli
ADVERTISEMENT

नवलपरासी । स्थानीय स्तरमा सञ्चालित व्यवसायको अनिवार्य दर्ता तथा प्रभावकारी राजश्व संकलनका लागि बर्दघाट नगरपालिकाले कर सहभागिता अवधी घोषणा गरेको छ । 

यही असोज १ गतेदेखि चालु आर्थिक वर्षको अन्त्यसम्मको अवधिलाई कर सहभागिता वर्ष घोषणा गरिएको नगरपालिकाले जनाएको छ । उक्त अवधिमा घर बहाल कर, सम्पत्ति कर, व्यवसाय करलगायत कर समयमा बुझाउन र नविकरण सहजीकरणका लागि सम्बन्धित शाखा र वडालाई नगरपालिकाले निर्देशनसमेत दिएको छ । माइकिङ गर्न, रेकर्ड अध्यावधिक गर्न र नियमानुसारको राजश्व संकलन गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । 

त्यस्तै, उक्त कार्यलाई सफल बनाउन स्थानीय, कर्मचारी, व्यवसायी, टोल विकास संस्थाका पदाधिकारी, कम्पनी, सहकारि तथा घरधनीलाई सहयोग गर्न आग्रहसमेत गरेको छ । 

कर सहभागिता वर्षको अवधिमा संकलन भएका करको २० प्रतिशत रकम टोल विकास संस्थाको प्रवर्द्धनमा खर्च गरिने नगरपालिकाले जनाएको छ ।