close

बराहक्षेत्र नगरपालिकाले गर्‍यो बजार अनुगमन

बराहक्षेत्र नगरपालिकाले गर्‍यो बजार अनुगमन

Trulli
ADVERTISEMENT

काठमाडौं । वराहक्षेत्र नगरपालिकाले मुख्य व्यापारिक केन्द्र कालाबञ्जरमा अनुगमन गरेको छ। 

दशैँ तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्य वस्तुको मुल्य दिनहुँजसो उकालो लागेको गुनासो आएपछि उप प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले कालाबञ्जर बजारमा अनुगमन गरेको हो । 

सो क्रममा उपभोग्य मिति नाघेका खाद्य वस्तु टोलीले नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । म्याद नाघेका बस्तु बिक्रीवितरण गर्न राखिएको पसललाई  जरिवानासमेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्बि प्रकाश सिटौलाले बताए ।