close

मनहरिमा १०० दिनमा राजस्व संकलन दोब्बरले वृद्धि

मनहरिमा १०० दिनमा राजस्व संकलन दोब्बरले वृद्धि

Trulli
ADVERTISEMENT

काठमाडौं ।  मकवानपुरको मनहरि गाउँपालिकाले गरीबसँग विश्वेश्वर’ कार्यक्रमअन्तर्गत कक्षा १२ सम्मको शिक्षा निःशुल्क शिक्षा कार्यक्रम ल्याएको छ । 

कृषिमा आधुनिकीकरण, उत्पादनमा वृद्धि तथा बजार व्यवस्थापन गरेर नगरमा नै रोजगारको व्यवस्था गर्ने कार्यक्रम ल्याउने योजना रहेको गाउँपालिकाले जनएको छ । 

यस्तै, तरकारी व्यवस्थापनका लागि पालिकाले कोल्डस्टोरको व्यवस्था गरेको छ । जसले उत्पादित कृषिजन्य वस्तु रक्षा युवालाई विदेश जानबाट रोक्न र महिनामा ३०/४० हजार कमाउन सहयोग गर्ने गाउँपालिका अध्यक्ष रञ्जन कलाखेतीले बताए । 

पालिकाको आम्दानीको विभिन्न स्रोतमध्ये बालुवा गिटी पनि एक भएको बताउँदै उनले त्यसमा हुने गरेको राजस्व चुहावट रोक्न पहल गरेको उनले बताए । जसका कारण अहिले राजस्व सकंलनमा डबलले वृद्धि भएको उनको भनाइ छ । 

‘गाउँपालिकाको आन्तरिक स्रोत बढाउने पहिलो निर्णय गरेँ । हरेक दिन लाखौँ रुपैयाँबराबरको ढुङ्गा, गिटी, बालुवा निकाश हुने गर्छ ।यसमा हुने राजस्व चुहावट हटाउन कर्मचारी व्यवस्थापपन गरेँ । पहिले ६ लाख रुपैयाँ दैनिक राजस्व संकलन हुन्थ्यो । अहिले दैनिक १२ लाख राजस्व संकलन भइरहेको छ ।’