close

बढ्यो सेयरबजार ​​​​​​​

बढ्यो सेयरबजार ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन बजार  १५.९२ अंकले बढेको हो ।

तर,  मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ ।

बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो । अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भयो । अपर हुवाखोला हाइड्रो, हिमालयन पावर, माउन्टेन इनर्जी समेत मूल्य धेरै बढ्ने कम्पनीमा परेका छन् ।