close

सुन तोलाको दुई सयले बढ्यो

सुन तोलाको दुई सयले बढ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । 

मंगलबार प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार आठ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार एक सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ ।