close

धनकुटामा करिब १८ करोडको विद्युत बक्यौता

धनकुटामा करिब १८ करोडको विद्युत बक्यौता

Trulli
ADVERTISEMENT

धनकुटा - नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले १७ करोड ९१ लाख ७२ हजार ४ सय ४७ रुपैयाँ विद्युत महसुल उठाउन बाँकी रहेको जनाएको छ । विद्युत महशुल रहेकोमा औधोगिक तर्फ १४ करोड ४९ लाख ९३ हजार ९ रुपैयाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपैयाँ, घरेलु प्रायोजनको १ करोड २८ लाख २९ हजार ९ सय ९१ रुपैयाँ, खानेपानी पम्पीङको ६८ लाख १९ हजार २ सय ८७ रुपैयाँ र आन्तरिक उपभोगको ४० लाख ५९ हजार ५ सय ४५ रुपैयाँ रहेको विद्युत प्राधिकरण धनकुटाले जनाएको छ । 

यस्तै व्यावसयिक तर्फको २५ लाख १३ हजार ९ सय ५५ रुपैयाँ, मनोरञ्जन तर्फको ५६ हजार ८ सय १५ रुपैयाँ, गैर घरेलुको २७ हजार ३ सय ५० रुपैयाँ, धार्मिक तथा सांस्कृतिकको १३ हजार ३ सय ८८ रुपैयाँ र अस्थायी आपूर्तिको ४ हजार ६ सय ३ रुपैयाँ रहेको विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलले जानकारी दिए । 

धनकुटास्थित निगाले सिमेन्ट उद्योग प्रालिको मात्रै १५ करोड ७७ लाख २ हजार ५ सय २९ रुपैयाँ रहेको छ । महशुल नतिर्नेमा प्रमुख जिल्ला अधिकारीको क्वाटरदेखि जिविस क्वाटर, यातायाता व्यवस्था सेवा कार्यालय, शिक्षा विकास निर्देशनालय लगायतको रहेको प्रमुख पोख्रेलले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले गत आर्थिक वर्षमा ३४ लाख ४३ हजार २ सय ६१ रुपैयाँ बक्यौता रकम रहेका २ सय ७ जनालाई कालो सुचिमा राखि लाइन काटेकोमा २ सय ४ जनाले जरिवाना सहित ५६ लाख ७२ हजार ३ सय ४० रकम तिरेपछि कालोसुचीबाट हटाइएको प्राधिकरणका कर्मचारी हेमचन्द्र थापाले जानकारी दिए। उद्योगसहित विद्युत बक्यौता नतिर्नेलाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको प्राधिकारणले जनाएको छ।