close

२ हजारको बिन्दुमा रोकियो नेप्से परिसूचक

२ हजारको बिन्दुमा रोकियो नेप्से परिसूचक

Trulli
ADVERTISEMENT

काठमाडौं- सेयर बजारमा सोमबार पनि करेक्सन जारी रहेको छ । यस दिन नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा आएर अडिएको छ । बजार घटेर पुनः २ हजारको मनोवैज्ञानिक विन्दु नजिक आएको हो । 

यस दिन आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर र म्यचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर समूहमा बढी चमक देखिएको छ । 

यसअघि आइतबार पनि बजार घटेको थियो । गत साता बजार लगातार ३ दिन बढेको थियो । विशेषगरी साताको अन्तिम दिन बिहीबार बजारमा बेस्सरी वृद्धि देखिएको थियो । करिब ६५ अंकको वृद्धिपछि आइतबारदेखि बजार घट्न थालेको हो । यही क्रमले सोमबार पनि निरन्तरता पाएको देखिन्छ । 

यस दिन २८४ कम्पनीको ६५ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ ।