close

बास्केटबल कोर्टमै हाट बजार

बास्केटबल कोर्टमै हाट बजार

Trulli
ADVERTISEMENT

काठमाडौँ–  बुढानीलकण्ठ नगरपालिका-८ ले हाट बजार सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नको लागि भोलि शनिबारदेखि हाट बजार सञ्चालन गर्न लागेको हो । 

वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङले  वडा तथा नगरपालिका क्षेत्रमा उत्पादित अर्गानिक तरकारी तथा फलफूलको बजारीकरणका लागि हाट बजार सञ्चालन गर्न लागेको हो । हाट बजार प्रत्येक साताको शनिबार र मंगलबार बिहान ७ बजेदेखि ९ बजेसम्म बास्केटबल कोर्टमा सञ्चालन हुने उनले पालिकाखबरलाई बताए । 

हाट बजारमार्फत स्थानीय क्षेत्रमा उत्पादन भएको सामग्रीलाई बजारसम्म पुर्‍याउन सहज हुने विश्वास उनको छ ।