close

तोलामा ८०० रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा ८०० रुपैयाँ घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य घटेको जनाएको छ । गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।