close

१ अर्ब ६० करोडको खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याइँदै

१ अर्ब ६० करोडको खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं हिन्दूहरुको महान चाड दशैँ नजिकिँदै छ । दशैँको बेला काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा अरु बेलाको तुलना अत्याधिक खपत हुन्छ । चौपाया व्यवसायीहरुलाई यतिखेर दशैंको लागि खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तरखरमा लागेका छन् । 
 
सरकार र व्यवसायीले गरी उपत्यकामा करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको  खसीबोका र च्यांग्रा भित्र्यिाउने योजनामा छन् । । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने तयारी गरेको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जानकारी दिए । 

चौपाया व्यवसायीले दशैँको लागि लआआफ्नै तवरले खसीबोका र च्यांग्रा ल्याउने तयारी गरिरहेका छन् ।  चौपाया व्यवसायीले ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा ल्याउने बताएका छन् ।  काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काका अनुसार खसीबोकाको तौल सानोठूलो अनुसार २० किलोदेखि ५० किलोसम्म हुन्छ । व्यवसायीले औसत तौल ३५  किलो मान्ने गरेका छन् ।  खसीबोकाक औसत मूल्य २० देखि २२ हजार पर्छ। 

खाद्य कम्पनी, पशु सेवा विभाग र व्यवसायीसहित भएको बैठकमा निजीतर्फबाट ५० हजार खसीबोका, खाद्यले २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । आपूर्ति मन्त्रालयले यस पटक सकेसम्म स्वदेशमै उत्पादित खसीबोका र च्यांग्रा खरिदबिक्री गर्ने योजना बनाएको छ ।