close

पालिकाले चिन्दैन किसानको मुख्यबाली : दालमा छैन प्रोत्साहन

पालिकाले चिन्दैन किसानको मुख्यबाली : दालमा छैन प्रोत्साहन

Trulli
ADVERTISEMENT

बारा - आदर्श कोटवाल गाउँपालिकाका स्थानीय बासिन्दाले दालबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँपालिकामा दालको उत्पादन राम्रो भएपछि वार्षिक आम्दानी बढेको हो । 

गाउँपालिकाको कृषि तथा पशु शाखाका पशु स्वास्थ्य प्राविधिक राधेश्याम साह कानुका अनुसार गाउँपालिकामा वार्षिक ८ मेट्रिक टन दाल उत्पादन हुने गर्दछ । दालसँगै गाउँपालिमा खाद्यान्न बाली पनि उत्पादन हुने उनले पालिकाखबरलाई बताए । गाउँपालिकाका अधिकांश कृषकले दाल लगाउने उनले सुनाए ।

स्थानीय बासिन्दा स्वयम्ले दालको बीउ खरिद तथा विक्री गर्ने उनले सुनाए । गाउँपालिकामा उत्पादन भएको दाल खुद्रा तथा थोक व्यापारीको सहयोगमा काठमाडौं तथा विभिन्न जिल्लामा विक्रीको लागि पठाउने गरिन्छ ।

गाउँपालिकामा दाल उत्पादन राम्रो भए पनि प्रोत्साहनको लागि कुनै कार्यक्रम सञ्चालनमा नल्याएको उनले बताए । उनका अनुसार जनप्रतिनिधिले आवश्यक समन्वय नगरेकोले दाल उत्पादनमा गाउँपालिकाले कुनै  कार्यक्रम ल्याएको छ । आगामी वर्षमा विस्तारै कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ ।