close

थुलुङ दूधकोशी खानेतेलमा आत्मनिर्भर बन्ने

थुलुङ दूधकोशी खानेतेलमा आत्मनिर्भर बन्ने

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- थुलुङ दूधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि वडा शिक्षा समितिलाई थप सक्रिय बनाउने भएको छ ।

पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले हरेक दुई महिनाको पहिलो शुक्रवार समितिको बैठक बसी पालिकामा रिपोर्ट दिनुपर्ने निर्णय गरेको हो ।

शैक्षिक गुणस्तरका निम्ति वडा शिक्षा समितिलाई प्राप्त अधिकार प्रयोग र परिचालनमा जोड दिइने निर्णय गरिएको पालिका अध्यक्ष असिम राईले बताए । यस्तै सोही बैठकले खाने तेल प्रतिस्थापनका लागि तेलहन बालीलाई अभियानको रुपमा अघि बढाउने निर्णय गरेको छ ।