close

उपमहानगरको तालिमले व्यावसायिक बन्दै किसान

उपमहानगरको तालिमले व्यावसायिक बन्दै किसान

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले खेती गर्ने तरिका, बजारीकरण तथा माला र सौन्दर्यकोको तालिम दिएपछि धनगढीकी सुशीला विष्टको आम्दानी बढेको छ ।

धनगढी उपमहानगरपालिकाले जेठ २२ देखि २८ गतेसम्म २८ जनालाई फूल खेतीसम्बन्धी तालिम दिएको थियो । त्यसपछि तालिम पाएका किसानहरूलाई कलकत्ते सयपत्री फूलको एक केजी बिरुवा अुनदान स्वरुप दिएको थियो । सोही तालिमपछि असारबाट विष्टलगायत केही किसानले व्यावसायिक रुपमा खेती सुरु गरेकी हुन् ।

मल, बिउ, ज्याला सबै जोड्दा करिब १० लाख लगानी लागेको बताउँदै विष्टले बजारको जिम्मा उमपहानगरपालिकाले लिएको बताइन् । बजारी करणमा उपमहानगरपालिकाले सबै ब्याक्ङेटहरु, कस्मेटिक पसल, फूल व्यापारीहरूलाई यहाँ उत्पादन भएको फूल खरिद गर्न भनेको छ । अहिले ४/५ जना किसानले व्यावसायिक फूल उत्पादन गर्न सुरु गरिसकेका छन् । उपमहानगरले बजारीकरण, प्रचार प्रसारको काम गरिरहेको छ ।

उपमहानगरपालिकाले २०७९ असोज १ गतेबाट प्लास्टिक ब्यान्ड (निषेधित ) गरे सँगै प्लास्टिकका फूलहरुको विकल्पमा प्राकृतिक फूल लगाउन भनिरहेको थियो ।