close

सुनको मूल्य अहिलेसम्मकै महँगो

सुनको मूल्य अहिलेसम्मकै महँगो

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार छ । यो अहिलेसम्मकै महँगो हो । 

गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा आइतबार एक हजार रूपैयाँले बढेको हो । त्यस्तै आइतबारको लागि छापावाला सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ । यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो। 

त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ । यो गत शुक्रबारको तुलनामा १५ रूपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।