close

प्रधानमन्त्री सहायता कोषमा रोशीको पौने ७ लाख

प्रधानमन्त्री सहायता कोषमा रोशीको पौने ७ लाख

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चाेक - रोशी गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ६ लाख ७४ हजार ४३६ रुपैयाँ जम्मा गर्ने भएको छ । बिहीबार बसेको कार्यपालिका बैठकले जाजरकोटका भूकम्प पीडितको राहतका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

जसका लागि गाउँपालिकाको कोषबाट एक लाख रुपैयाँ दिने निर्णय भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।

त्यस्तै, जनप्रतिनिधिहीहरूको सेवा सुविधाबाट ३ लाख ६७ हजार २५०, कर्मचारीहरूको तलब कट्टा गरी संकलित रकम २ लाख ७ हजार १८६ रुपैयँ गरेर पौने ७ लाख जम्मा गरिने गाउँपालिकाले जनाएको छ । 

गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भई भूकम्प जाँदा १५४ जनाले ज्यान गुमाएका छन् भने करोडौंको भौतिक क्षति भएको थियाे ।