close

देवदहले तीन महिनामा संकलन गर्‍यो १ करोड ४५ लाख राजश्व

देवदहले तीन महिनामा संकलन गर्‍यो १ करोड ४५ लाख राजश्व

Trulli
ADVERTISEMENT

रुपन्देही- देवदह नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा एक करोड ४५ लाख ६० हजार १७४ रूपैयाँ राजश्व संकलन गरेको छ  । 

नगरपालिकाको वडातर्फ वडा नम्बर-७ ले सबैभन्दा धेरै राजश्व संकलन गरेको छ । देवदह-७ ले १२ लाख ९६ हजार ५६७  राजश्व संकलन गरेको नगरपालिकाले जनाएको छ । 

शीर्षकगत रूपमा देवदह नगरपालिकामा सबैभन्दा धेरै राजश्व बहाल विटौरी करबाट ३६ लाख ५८ हजार ४९९ संकलन भएको छ भने सबैभन्दा कम राजश्व संकलन न्यायिक दस्तुरबाट २०० रूपैयाँ संकलन भएको छ  ।

चालू आर्थिक वर्ष ०८०/०८१ मा नगरपालिकाले १८ करोड ४१ लाख ६० हजार राजश्व संकलनको लक्ष्य लिएको नगरपालिकाले प्रथम त्रैमासिकमा अपेक्षित लक्ष्यको ७४.४२ प्रतिशत राजश्व संकलन गरेको हो  ।