close

१ मेगा बैंकको १८ लाख कित्ता सेयर बिक्री खुला 

१ मेगा बैंकको १८ लाख कित्ता सेयर बिक्री खुला 

Trulli
ADVERTISEMENT

काठमाडौं - मेगा बैंक नेपालले १८ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आह्वान गरेको छ ।  बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।


सर्वसाधारणले असोज १८ भित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता सेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्ने बैंकले बताएको छ । त्यसका लागि न्यूनतम १ सय रुपैयाँ र त्यसभन्दा बढी कतिमा सेयर खरिद गर्न चाहेको हो, स्पष्ट खुलाई बोलकवोल आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 


उपत्यकाभित्र कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।


यस्तै, उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र बिर्तामोड शाखाबाट सेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।


यसैगरी, अनलाइनबाट फारम लिई सेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताले मेगा बैंक वा मेगा क्यापिटल मार्केट्सबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । 


बैंकले ०७४ भदौ २७ देखि कात्तिक १४ गतेसम्म हदप्रद सेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका सेयरका लागि आवश्यक आवेदन नपरेकाले ती शेयर अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको हो ।