close

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा 

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा 

Trulli
ADVERTISEMENT

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकका लागि  ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । सेवाअन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिँदा पिनको जानकारी आफ्नो मोबाइलमा पाउन सक्ने बैंकले जनाएको छ ।


यसले कागजबाट लिइने पिन लिन ग्राहकहरु बैंक आइराख्नु नपर्ने र सजिलै आफ्नो मोबाइलबाट डेबिट कार्डको पिन पाउन सकिनेछ ।


नयाँ कार्ड कुनै पनि बैंकका एटिएममा हाल्नेबित्तिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएसमार्फत गिीन पिन प्राप्त गर्न सकिने बैंकले बताएको छ ।


सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिलेभन्दा अझै सुरक्षित हुने विश्वास बैंकको छ ।