close

सानिमाको क्रेडिट कार्ड आवेदन अनलाइनबाटै 

सानिमाको क्रेडिट कार्ड आवेदन अनलाइनबाटै 

Trulli
ADVERTISEMENT

काठमाडौं - सानिमा बैंकले ग्राहक सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाइनमार्फत क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।


ग्राहकले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेबसाइट www.sanimabank.com मा गई क्रेडिट कार्ड आवेदनमा क्लिक गर्न सकिने बैंकले जनाएको छ ।


फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भए-नभएकोबारे र कार्ड उपलब्ध गराइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत गराइने बैंकको भनाइ छ ।

 

बैंकले यो सुविधा असोज ६ देखि सञ्चालनमा ल्याएको जनाएको छ ।