close

एनएमबी बैंकको एनएमबी भिसा कर्पोरेट क्रेडिट

एनएमबी बैंकको एनएमबी भिसा कर्पोरेट क्रेडिट

Trulli
ADVERTISEMENT

काठमाडौं - एनएमबी बैंकले एनएमबी भिसा कर्पोरेट क्रेडिट कार्ड सेवा सुरु गर्ने भएको छ । यो सेवा व्यावसायिक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिन लागेको बैंकले बताएको छ ।


यो कार्डबाट व्यवसाय प्रवर्द्धन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ र व्यवसायसँग सम्बन्धित अन्य खर्चको व्यवस्थापन गर्न प्रयोग गर्न सकिनेछ । 


एकभन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुका लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिने बैंकले बताएको छ । क्रेडिट सीमा कार्ड लिने संगठनको आवश्यकताअनुरुप निर्धारण गरिने बैंकले जनाएको छ ।


‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्ध नयाँ प्रस्तुति हो । यसले ग्राहकलाई कर्पोरेट र व्यावसायिक संगठनमा व्यवसायसँग सम्बन्धित खर्च व्यवस्थापन गर्न सक्षम हुनेछ’, बैंकको विज्ञप्तिमा उल्लेख छ ।