close

तेस्रो लहरमा हुनसक्ने ठूलो क्षति खोपले कम गर्‍यो

तेस्रो लहरमा हुनसक्ने ठूलो क्षति खोपले कम गर्‍यो

Trulli
ADVERTISEMENT

नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ। सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु गरेको थियो।

 

नेपालमा पहिलो पटक भारतबाट अनुदानमा गत वर्ष माघ ८ गते खोप आएको थियो। अहिलेसम्म नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत एक वर्षको अवधिमा चार करोड बढी डोज खोप आइसकेको छ। कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, मोर्डना, फाइजर गरेर ४ करोड २० लाख ४९ हजार ६४० डोज कोभिड विद्धको खोप आइसकेको छ।

 

सरकाले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म तीन करोड ५ लाख चार हजार १५२ मात्रा खोप लगाइसकेको छ। एक करोड ६४ लाख ७४ हजार ५१४ ले एकमात्रा र एक करोड ३८ लाख ३३ हजार ६२९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

 

कुल जनसंख्याको ५४.२ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। त्यस्तै मन्त्रालयको तथ्यांक अनुसार १८ वर्ष माथिका लक्षित जनसंख्याको ८२.७ प्रतिशतले एक मात्रा र ६९.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

 

त्यस्तै सरकारले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका १८ लाख ७२ हजार ६७० बालबालिकालाई एक मात्रा र तीन लाख ५८ हजार २९८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। त्यस्तै सरकारले अग्रपंक्तिमा खटिएर काम गर्ने दुई लाख ९६ हजार नौ जनालाई अतिरिक्तमात्रा खोप लगाइसकेको छ। यसैगरी सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ।

 

तेस्रो लहरमा हुनसक्ने ठूलो क्षति खोपले कम गर्‍यो 

 

खोप अभियानमा सरकारको सक्रिय सहभागिताले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने निकै ठूलो क्षतिलाई कम गरेको छ।   अझै कोरोना संक्रमणको जोखिम कायमै रहेको र धेरैलाई खोप लगाउन बाँकी छ । 

 

‘खोप अभियानमा हाम्रो सक्रिय सहभागिताले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने निकै ठूलो जोखिमलाई कम गर्न सकिएको छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको तथा हामीकहाँ अझै धेरैजना कोभिड–१९ को खोप लगाउन बाँकी रहनुभएकोले यसलाई तीव्रताका साथ अगाडि बढाउन र बाँकी उमेर समूहलाई समेत खोपको व्यवस्था गर्नुपर्ने छ।

 

खोप अभियान सुचारु गर्न सहयोग र सहजीकरण गर्ने सम्पूर्ण तहका सरकार तथा संघसंस्था र स्वास्थ्यकर्मीलाई धन्यवाद दिन्छु । साथै कोभिड–१९ को महामारीबाट बाहिर आउन सबैको सहयोग अपरिहार्य रहेको छ।

 

(खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन्)