close

बाल विवाह अन्त्यकाे लागि बालक्लव गठन

बाल विवाह अन्त्यकाे लागि बालक्लव गठन

Trulli
ADVERTISEMENT

 खोटाङ  ।  दिक्तेल रुपाकोट झुवागढी नगरपालिकाले बाल क्लव तथा किशोरी समूह गठन गरेको छ ।  नगरपालिकाको पहलमा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले सरस्वती मावि पाथेकामा बाल क्लव तथा समूह गठन गरिएका हो । 

 निर्दोष पुरीको अध्यक्षतामा २५ सदस्यीय बाल क्लब तथा सजिना सार्कीको अध्यक्षतामा २५ सदस्यीय किशोरी समूह गठन गरिएको पालिकाले जनाएको छ । 

नवगठित बाल क्लब र शिकोरी समूहमा आबद्ध किशोर÷किशोरीलाई नगरपालिकाको महिला तथा बालबालिका शाखाले बाल विवाह न्यूनीकरणसम्बन्धी तीनदिने सचेतनामूलक तालिमसमेत दिएको छ । तालिमको सहजीकरण शाखा प्रमुख राई र महिला सहायक निर्देशक निर्मला आचार्यले बताइन्।

तालिममा  बाल विवाह न्यूनीकरण गर्ने उपाय, बाल विवाह गर्दा हुने कानुनी सजाय, बाल विवाहले पर्ने सामाजिक, आर्थिक, शैक्षिक तथा पारिवारिक असर, किशोरावस्थामा हुने परिवर्तन, संवेग तथा यसले पार्ने प्रभावलगायतका विषयमा जानकारी दिइएको छ। “बाल विवाहको घटना नगरमा मात्र नभई जिल्लामै दिनानुदिन भइरहेको छ”, उनले भने, “बाल विवाहका घटनालाई रोक्न हरेक गाउँ÷टोलमा सचेतना फैलाउन आवश्यक ठानेर तालिमको व्यवस्था गरिएको हो ।”

दश स्थानीय तह रहेको जिल्लामा अधिकांश सम्बन्धबिच्छेदका घटना बाल विवाहका कारण हुने गरेको एक तथ्याङ्कले देखाएको छ । कम उमेरमा विवाह गर्ने अनि समस्या सिर्जना भएपछि समाधान गर्नसक्ने क्षमता नहुँदा अधिकांश जोडीले सम्बन्धबिच्छेद गर्ने गरेको पाइएको शाखा प्रमुख आचार्यले बताइन् । बताउनुभएको छ ।