close

भोलिदेखि काठमाडौंको फोहर उठ्ने, महानगरको यस्तो अनुरोध

भोलिदेखि काठमाडौंको फोहर उठ्ने, महानगरको यस्तो अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । केही दिनदेखि काठमाडौंका सडकमा थुप्रिएको फोहर भोलि (बिहीबार) देखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहर संकलन गर्ने जानकारी दिएको हो ।

जनशक्ति थप गरेर आज बञ्चरेडाँडा जाने सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहर उठाउन सुरू गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले बताए ।

बिहीबार बिहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन महानगरले महानगरवासीलाई अनुरोध गरेको छ ।

महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ ।’ 

उपत्यकाको फोहर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक निर्माणका लागि भन्दै महानगरले एक हप्ता फोहोर उठाएको थिएन ।