close

मालिका गाउँपालिकाद्वारा बजार अनुगमन

मालिका गाउँपालिकाद्वारा बजार अनुगमन

Trulli
ADVERTISEMENT

म्याग्दी -  जिल्लाको मालिका गाँउपालिकाले लगातार ५ दिनसम्म बजार अनुगमन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको नेतृत्वमा कर्मचारी, इलाका प्रहरी कार्यालय दरवाङ, उद्योग वाणिज्य संघ मालिका इकाइका प्रतिनिधिको टोलीले पालिकाको बजार क्षेत्रका पसल अनुगमन गरेको हो । 


गाउँपालिकाको केन्द्र दरवाङ, रातोढुंगा, फूलबारी, अदिभारा, थापाचौर र फेदीमा सञ्चालित २ सय ३३ प्रकारका पसल अनुगमन गरिएको अनुगमनमा सहभागी प्रशासन शाखाका अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।


टोलीले म्याद नाघेका खाद्यवस्तु डिलरलाई फिर्ता पठाउन, व्यवसाय दर्ता गर्न, मूल्यसूची राख्न निर्देशन दिएको छ । अनुगमनमा अधिकांश पसलहरु दर्ता भएको पाइएको सुवेदीले बताए ।  केही पसलमा म्याद नाघेका मसला, बिस्कुट, पेय पदार्थ भेटिएकाले डिलरलाई फिर्ता गर्न निर्देशन दिइएको उनको भनाइ छ । 


व्यवसाय दर्ता गराई कर र कानुनको दायरामा ल्याउने, अखाद्य वस्तुको बिक्री वितरण हुन नदिने उद्देश्यले बजार अनुगमन गरिएको उपाध्यक्ष बिटालुले बताए । स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ ले बजार अनुगमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।