close

धनीगाडका घर–घर पुगे पानीका धारा, हट्यो स्थानीयको सास्ती 

धनीगाडका घर–घर पुगे पानीका धारा, हट्यो स्थानीयको सास्ती 

Trulli
ADVERTISEMENT

सुर्खेत– बराहताल गाउँपालिका–१०, धनीगाडमा ‘एक घर एक धारा’ अभियान अन्र्तगत खानेपानीको सुविधा पुगेको छ ।

 रिन्यूएवल वल्र्ड नेपालको सहयोग र सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरणमा सञ्चालित सोलार बहुउद्देश्यीय पानी प्रणाली तेस्रो परियोजनाअन्तर्गत यहाँ ‘एक घर, एक धारा’ निर्माण भएका हुन् । 

खानेपानीको समस्याका कारणले बस्ती नै अयन्त्र सर्न थालेको र खानेपानीकै लागि उनी दैनिक डेढ घण्टाको दूरी पार गर्नुपर्ने बाध्यता हटेको स्थानीय तनुजा सार्कीले बताइन् । ‘पानी खान सहज थिएन’, उनले भनिन्, ‘धारामा हुने भीडले झनै घरको धेरै काम गर्न ढिला हुन्थ्यो ।’

सौर्य ऊर्जाको प्रयोगबाट गाउँमै पानी आएपछि खानेपानीका लागि सहज भएको सार्कीले बताइन् । ‘पानी आवश्यकतानुसार तानेर समुदायको सिरानमा टंकी (रिजभ्र्वायर) निर्माण गरी संकलन गरिएको छ,’ उनले भनिन्, ‘यसरी संकलन गरिएको पानीलाई उचित तरिकाले खानेपानी, सरसफाइ, पशुपालन, उत्पादनमूलक कार्य जस्तै लघु सिँचाइलगायतमा प्रयोग गर्छाैं ।’ 

सौर्य उर्जा प्रविधिको प्रयोग गरी पम्पबाट पानी तानेर दैनिक प्रयोजन र जीविकोपार्जनका अवसर सिर्जना गरी आम्दानी वृद्धि गर्नु रहेको सुन्दर नेपाल संस्था सुर्खेतका सूचना अधिकारी खिम रेग्मीले बताए । 

उक्त परियोजनाअन्तर्गत हालसम्म ६ वटा परियोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आएका छन् भने पाँचवटा परियोजना निर्माणको क्रममा रहेको रेग्मीले बताए । उक्त आयोजनाबाट तीन सय एक घरधुरी लाभान्वित भएका सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।