close

बिरुवा गाउँपालिकाकोे चाडपर्व लक्षित बजार अनुगमन

बिरुवा गाउँपालिकाकोे चाडपर्व लक्षित बजार अनुगमन

Trulli
ADVERTISEMENT

स्याङ्जा -  बिरुवा गाउँपालिकाद्वारा गाउँपालिका वडा नम्बर १ मा रहेको बिरुवामा बजार अनुगमन गरिएको छ ।

 

उपाध्यक्ष देवी कुमारी थापाको नेतृत्वमा प्रमुख  प्रशासकीय अधिकृतकाे टोलीले सम्पूर्ण बजार क्षेत्रको अनुगमन गरेको हो । अनुगमनमा बिरुवा प्रहरी चौकीले समेत समन्वय गरेको थियो ।

 

दशैं तिहार जस्ता चाडबाडको मुखमा म्याद गुज्रेका तथा गुणस्तरहिन सामग्रीहरु बिक्री हुनसक्ने सम्भावना देखेर अनुगमन गरिएको उपाध्यक्ष थापाले  बताइन् ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले कालो बजारी नियन्त्रण तथा खाद्य गुणस्तर कायम गर्ने हेतुले बजार अनुगमन गरिएको बताए । अनुगमनकाे क्रममा बजार क्षेत्रबाट झण्डै ३० लिटर घरेलु मदिरासमेत जफत गरिएको थियाे । 

 

अनुगमनमा मुख्य गरी पेय पदार्थ , तयारी खाद्य पदार्थ , औषधि तथा म्याद गुज्रेका बीउ-बिजनहरु जफत गरिएको थियो । यसै गरी मासु पसल हरूको समेत अनुगमन गरी सडेको तथा बासी मासु पनि जफत गरिएको थियो ।

 

जफत गरिएका सामाग्रीहरु नेपाल प्रहरी तथा व्यवसायीहरूको रोहोबार बिरुवा गाउँपालिकाकाे फोहर संकलन केन्द्रमा लगेर नष्ट गरिएको थियो । आगामी दिनमा पनि अनुगमनले तिब्रता पाउने गाउँपालिकाले जनाएकाे छ ।